Sunday, January 25, 2015

सावधान ! स्याम्पुले तपाईंको ज्यान लिन सक्छ !

के तपाईंकी आमाले तपाईंले प्रत्येक पल्ट मेकअपको सामान अघि सार्दा गाली गर्नुहुन्छ ? कस्मेटिक सामान प्रयोग नगर्न आमाले दिने सल्लाह पक्कै पनि तपाईंलाई राम्रो लाग्दैन । तर तपाईंकी आमाले गर्ने गालीले तपाईंले कुनै गल्ती गरिरहनु भएको छ भनेर सचेत गराउँछ । कुनै निर्देशनबिना नै कस्मेटिक किन्नेहरुलाई यसले पुर्याउने असरको बारेमा पनि थाहा हुँदैन जसले तपार्ईं समस्यामा पार्न सक्छ । अर्गानिक भनिएका कस्मेटिक सामानहरुमा पनि ७० प्रतिशत मात्र अर्गानिक सामानहरु पाइएको छ भने बाँकी ३० प्रतिशत शुद्ध केमिकल नै भएको पाइएको छ । त्यसकारण तपाईं अर्को पटक सपिङ जाँदा आफ्नो स्याम्पुमा पाइने कम्पाउण्डको पनि ख्याल गर्नुहोला ।

सोडियम लाउरेथ सल्फेटः
 पाइनेः स्याम्पु, टुथपेस्ट, माउथवास  

नयाँ किनेर ल्याइएको स्याम्पु बाक्लो भएमा मख्ख नपर्नुहोस् । यसले तपाईंको ज्यान लिन सक्छ ! सोडियम लाउरेथ सल्फेट (एसएलएस) लाई मुख्यतः फिँज निकाल्नको लागि तपाईंको कस्मेटिकमा प्रयोग गरिन्छ जसले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ । छाला विशेषज्ञ र कस्मेटिक चिकित्सक डा. माधुरी अग्रवाल भन्छिन्, ‘धेरैजसो मानिसहरुलाई हामीले प्रयोग गर्ने कस्मेटिकको असरको बारेमा थाहा नै हुँदैन ।

स्याम्पुमा पाइने एसएलएसले तपाईंको छालाको प्रतिरोधात्मक क्षमतालाई नष्ट गर्ने गर्दछ भने तपाईंको श्वासप्रश्वासमा पनि बाधा पुर्याउने गर्दछ । हाम्रो हस्पिटलमा यसको प्रभावले मानिसहरुलाई डिप्रेसनमा पुर्याएको समेत रेकर्ड छ । एसएलएस टुथपेष्ट र माउथवासमा पनि पाइने हुनाले यो निकै खतरनाक भएको डा. अग्रवाल बताउँछिन् ।

No comments:

Post a Comment

Ordered List