Friday, January 2, 2015

मानसिक तनावलाई कसरी हटाउने





त्यसो त आधुनिक मानसिक तनावलाई हटाउन सकिँदैन । तर, कुनै समस्यालाई हेर्ने दृष्टिकोण फरक पारेर पनि चिन्ता र तनावबाट केही हदसम्म बच्न सकिन्छ । जस्तै, कुनै दिन घर फोहोर भएको बेलामा पाहुना आए भने तपाईं भित्रभित्रै मुर्मुरिनुहुन्छ । यसलाई तपाईंले कूचो लगाउन पाउनुभएन भन्ने सोचेर श्रीमान्सग रिसाउदै बच्चालाई झापड हिर्काउनुभन्दा अर्कै दृष्टिकोणले हेर्न सकिन्छ । ‘पाहुनाहरू आउदा घर केही फोहोर त भयो तर आफ्नै घर हो सफा भइहाल्छ, पाहुनाहरू पनि कुनै अर्कै लोकका मानिसहरू होइनन्, चिनेजानेका मान्छे नै त हुन् नि’ सोचाइमा यसरी साधारण परिवर्तन हुनेबित्तिकै तपाईंको मनमा विषालु तव पस्न पाउदैन ।





आजको समाजमा हामी सबैलाई आर्थिक समस्या थोरबहुत मात्रामा अवश्य नै परिरहेको हुन्छ । यस्तो बेलामा श्रीमान् र श्रीमतीको बीचमा हुने ठाकठुकले उनीहरूमा मात्र तनाव बढ्ने होइन कि यसको असर बच्चाहरूको शारीरिक र मानसिक स्वास्थ्यमा समेत पर्न जान्छ । आर्थिक समस्यालाई आजको भोलि नै सुल्झाउन सकिन्न । तर, आफ्ना जरूरतहरू कम गरेरचाहि केही हदसम्म बच्न सकिन्छ । कसैले विवाह भोजमा बोलाउदा हरेकचोटि नया लुगा र नया गहना किन्नैपर्ने बाध्यताबाट आफूलाई मुक्त गर्न सक्नुभएमा पनि आर्थिक समस्या र मानसिक तनावबाट बच्न सकिन्छ ।


शारीरिक व्यायामलाई मानसिक तनाव कम गर्ने सरल वा सुलभ उपायका रूपमा लिन सकिन्छ । लगातार गरिरहने कामले वाक्क लाग्नु नै तनावको कारण बन्न जान्छ । अनि त्यही तनावले फेरि स्वास्थ्यमा नराम्ररी प्रभाव पार्छ । त्यसैले बिहान–बेलुका हिड्ने, कसरत गर्ने गरेर तनाव घटाउन सकिन्छ । हिँडाइले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक असर पार्छ भन्ने विभिन्न अनुसन्धानले सिद्ध गरिसकेका छन् । हिँड्दा, दौडँदा, खेल्दा, हाँस्दा शरीरमा सकारात्मक रसहरू पैदा हुन्छन् ।



No comments:

Post a Comment

Ordered List