Friday, January 2, 2015

Summering 2014 -how 2014 goes

पूरा विश्व आ-आफ्नै रंग र ढंगले सन् २०१५ को स्वागत गरिरहेको छ । यी सब बीच २०१४ को आरोह अवरोहको समीक्षा पनि भइरहेको छ । अगाडि बढ्नलाई विगतलाई केलाउन पनि जरुरी हुन्छ । अघिल्लो वर्ष विश्वभर निकै रोचक र घोचक घटनाहरू भए । राजनीतिक, प्रेम, यौनहिंसा, आतंकवाद, दुर्घटना,  विश्वकप प्रतिस्पर्धा, भ्रष्टाचार र रोगले संसारलाई   प्रभावित बनाइराख्यो ।




         
                                                             Incident 1
                                                            cyber attack
अमेरिका, चीन र उत्तर कोरियाबीच साइबर आक्रमणलाई लिएर विवाद भइरह्यो । नेटवर्क सुरक्षा अनुसन्धानकर्ताहरूले आउँदा दिनमा यसले झनै गम्भीर रूप लिने चेतावनी दिए । पृथ्वीलोक सशस्त्रबाटसाइबर युद्धमा प्रवेश गर्यो । मानवतालाई ताकमा राखेर थुप्रै अकल्पनीय घटनाहरू भए।
                                                              Incident 2 
                                                     air accident 





२०१४ मा मलेसियाका राष्ट्रिय ध्वजावाहक दुईर मलेसियाकै एयर एसियाको इन्डोनेसिया शाखाको विमान कुनै न कुनै खाले दुर्घटनाको सिकार भयो । गत ८ मार्चमा मलेसियन एयर लायन्सको एमएच-३७० र २८ डिसेम्बरमा एयर एसिया इन्डोनेसियाको उडान बेपत्ता भए । एयर एसिया दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो । एमएच-३७० को अवस्था अझै अज्ञात छ । एयर एसियाकै अर्को विमान ३० डिसेम्बरमा मध्य फिलिपिन्समा धावन मार्गबाट बाहिर हिलोमा गएर गाँडियो । गत १७जुलाईमा मलेसियन एयर लायन्सको एम-१७लाईद्वन्द्वग्रस्त युक्रेनको दोनेत्सकको तोरेज नजिक गोली हानी खसालियो । संसारमा सबैभन्दा सुरक्षित यात्राका लागि कहलिएको मलेसियाकै विमानहरू किन दुर्घटनाका सिकार हुन्छन् ? के मौसमको गडबडी वा सशस्त्र समूहको बदमासीले यस्तो भएको हो ? विज्ञहरूका अनुसार अहिलेसम्म भएका विमान दुर्घटनामा २३ प्रतिशत मौसमका कारणले भएका छन् । जुलाईमा सहारा क्षेत्रमा एयर अल्जेरी उडान
५०१७ दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सम्पूर्ण १ सय १८ को ज्यान गयो । अझै दुर्घटनाको कारण नखुले पनि त्यहाँ पनि मौसम गडबड थियो । व्यावसायिक प्रतिस्पर्धामा अगाडि रहेका कारणले कुनै शक्तिशाली मुलुकको षड्यन्त्रको प्रपञ्चमा ती विमानहरू परेका हुन् कि ? यस्ता थुप्रै अनुत्तरित प्रश्नहरू छन् । विमान फेला नपरेसम्म वा दुर्घटना हुने कारण पत्ता नलागेसम्म शंका र अनुमानहरू भइनै रहनेछन् । हुन त २०१४ मा विश्वभर १९ वटा विमान दुर्घटना भए, त्यसमा मलेसियाका विमानहरू एकपछि अर्को गरी विपतमा पर्नुले धेरै शंकाहरू उब्जिए ।

                                                             Incident 3
underworld crime 

यसपछि आतंकवादका घटनाहरूको निकै वर्चस्व   रह्यो । उत्तरपूर्वी नाइजेरियामा बोको हराम,  सोमालियाका अल कायदानिकट अल सबाब र पाकिस्तान तथा अफगानिस्तानका तालेवानीको हिंसा जारी रह्यो । मार्चको पहिलो साता आतंककारीले इस्लामावादको अदालतमा आक्रमण गर्दा १न्यायाधीश र अधिवक्तासहित ११ को मृत्यु भयो । अप्रिलको तेस्रो साता सशस्त्र युवा समूहले दक्षिण सुडानको राष्ट्रसंघीय शिविरमा आक्रमण गर्दा ५८ को र कट्टरपन्थी समूह अल सबाबले २४ मेमा सोमालियाको संसद् भवनमा आक्रमण गर्दा १० को ज्यान गयो । १५ डिसेम्बरमा अस्ट्रेलियाको सिड्नीस्थित एक क्याफेबाट बन्धकहरूलाई छुटाउन भएको कारबाहीमा थुप्रै हताहत भए । मेक्सिकोको दक्षिणी राज्य गुएरेरोमा २६सेप्टेम्बरमा लागूपदार्थका कारोबारीले प्रहरीसँगको मिलेमतोमा ४३ विद्यार्थीको हत्या गरे । यो घटनाले म्याक्सिकोको निकै आलोचना भयो ।त्यहाँ राजनीतिक संकट सिर्जना भयो । आतंकवादबाट सबभन्दा बढी प्रभावित मुलुकमध्ये पाकिस्तान पनि रह्यो । जुन ८ मा पाकिस्तानको कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा आतंककारी आक्रमणमा १० आतंककारीसहित ३६ को मृत्यु भयो । हुन त त्यहाँ तेहरिक-ए-तालिवान पाकिस्तान
(टीटीपी) द्वारा वर्षभर आक्रमण भइरह्यो । तर उसले गत १६ डिसेम्बरमा पेसाबरको आर्मी पब्लिक स्कुलमा १ सय ३३ बालबालिकासहित १ सय ५२ को संहारगरेर पूरा विश्वलाई स्तब्ध पार्यो । यसपछि त्यहाँको सरकारले कट्टरपन्थी र अपराधीको कडाइका साथ सामना गर्ने निधो गर्यो । उक्त घटनाको भोलिपल्ट
पाकिस्तानले आतंकवादसँग सम्बन्धित मृत्युदण्ड कार्यान्वयन नगर्ने निर्णय हटायो ।
सिरिया र इराकमा उदय भएको नयाँ आतंकवादी शक्ति इस्लामिक स्टेट (आइईएस) का लडाकुको अत्याचार सुरु भयो । उनीहरूले थुप्रै पत्रकारलाई मारे । त्यसै पनि २०१४ पत्रकारको हकमा रहेन ।

                                                           Incident 4 Journalist killed

विश्वभर १ सय १८ पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) ले बुधबार जानकारी दिएको छ । उसले २०१३ मा भन्दा १३ बढी पत्रकारको हत्या भएको जनाएको छ । आईएफजेले पत्रकारलाई कामकै क्रममा आक्रमणको लक्ष्य बनाइएको वा उनीहरू भिडन्तमा परेको उल्लेख गरेको छ । यो वर्ष १७ पत्रकारको रिर्पोटिङका क्रममा प्राकृतिक प्रकोपमा परी मृत्यु भएको छ । उसले सरकारहरूलाई पत्रकारको रक्षा गर्ने दायित्वलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । आईएफजेका अध्यक्ष जिम बुमेलाले केही आमसञ्चार संस्थाहरू हाल युद्धक्षेत्रमा पत्रकार पठाउन तथा त्यहाँका स्वतन्त्र पत्रकारका सामग्री प्रयोग गर्न हिचकिचाउन थालेको बताएका छन् । उनले आमसञ्चारको सुरक्षामा सुधार नभए युद्धको समाचार तयार गर्दा स्वतन्त्र साक्षीको अभाव हुने चेतावनी दिएका छन् । उनी मिडिया सुरक्षा सम्बन्धका विज्ञ हुन् । यो वर्ष पाकिस्तानमा १४ पत्रकारको हत्या भयो । उसलाई सञ्चारकर्मीको हकमा सबैभन्दा जोखिमपूर्ण मुलुकमा गनियो । यसपछि सिरियामा १२ पत्रकारको हत्या भएको छ । अफगानिस्तान तथा प्यालेस्टाइनमा क्रमशः नौ/नौ पत्रकार मारिए । यो वर्ष ज्यान गुमाउनेमा एएफपीका पत्रकार ४० बर्षिय सरदार महमद पनि छन् । गत मार्चमा तालिवानले राजधानी काबुलको एक होटलमा आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।सोही आक्रमणमा उनकी पत्नी तथा दुई बालबालिकाको पनि ज्यान गयो । इराक तथा युक्रेनमा आठ/आठ पत्रकारको हत्या भयो । होन्डुरसमा ६ तथा मेक्सिकोमा ५ पत्रकार मारिए । अमेरिकी स्वतन्त्र पत्रकार जेम्स फोली तथा स्टिभन सटलफलाई इस्लामी स्टेट (आईएस) लडाकु समूहले सार्वजनिक रूपमा हत्या गर्यो । कमिटी टु प्रोटेक्ट जर्नालिस्टले एक साता अगाडि यो वर्ष ६० जना पत्रकारको हत्या भएको जनाएको थियो ।आईएफजेले आफ्नो तथ्यांकमा प्रस्तुतकर्ता तथा चालक लगायत आमसञ्चारका लागि काम गर्ने अन्य कर्मचारी पनि समावेश गर्यो । अर्को संस्था रिपोर्टर्स विथआउट बोर्डर्सले डिसेम्बर १६ मा सन् २०१४ मा ६६ पत्रकारको हत्या भएको रिपोर्ट सार्वजनिक गरेको थियो । २०१४ मा यी मात्रै घटना भएनन् ।

                                                          Incident 5
                                                   medical crime

जनवरीको दोस्रो साता बालबालिका ओसारपसारमा चीनका बालरोग विशेषज्ञ डा. जाङ सुजियालाई मृत्युदण्ड भयो । चिकित्सा क्षेत्र पनि अपराधोन्मुख भएको यो एक ठूलो उदाहरण थियो । जनवरीको तेस्रो साता फ्रान्समा प्रथम महिलाबारे विवाद, चौथो साता चीनमा भ्रष्टाचार विरोधी कानुन व्यवसायी झु चियोङलाई जेल र मार्चको चौथो साता फिलिपिन्समा भएको शान्ति सम्झौता पनि घच्घच्याउने  खालकै थियो । विविध अप्रत्यासित घटनाहरूको क्रम चलिरह्यो ।



मेको दोस्रो साता टर्कीको कोइला खानी विस्फोटमा करिब ३ सयको मृत्यु, जुनको पहिलो साता चर्चित फुटबल खेलाडी पेलेका छोरा एडिन्होलाई लागूपदार्थ तस्करी अभियोगमा ३३ वर्ष जेल, भारतमा २९औं तेलंगाना राज्यतथा जुलाईको पहिलो साता इराक र सिरियामा इस्लामिक राज्यको घोषणाले विश्वकै ध्यान तान्यो ।
                                                                 
                                                                Incident 6
इजरायल-प्यालेस्टाइन द्वन्द्व

शान्तिको थोरै मात्र पनि छाँटकाँट देखिएन । जुलाईमा मच्चिएको इजरायल-प्यालेस्टाइन द्वन्द्वले ठूलो मानवीय हताहती भयो । झन्डै सात सातासम्म चलेको दुईबीचको आक्रमण, प्रतिआक्रमणमा २ हजार २ सय प्यालेस्टाइनी नागरिक तथा ७० इजरायली नागरिकको ज्यान गयो ।

                                                             Incident 7
इबोला  आक्रमण 


 इबोला भाइरसका कारण लाइबेरियामा संकटकाल घोषणा भयो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पश्चिम अफ्रिकामा यसलाई सार्वजनिक स्वास्थ्यका लागि संकटकाल र विश्वकै चिन्ताको विषय भएको घोषणा गर्यो । डिसेम्बरको अन्त्यसम्म इबोला भाइरस रोग (ईभीडी) बाट ७ हजार ५ सयभन्दा बढीको मृत्यु भएको डब्लूएचओले भनेको छ । २०१४ लाई प्राकृतिक विपत् र दुर्घटनाको वर्ष मान्दा पनि हुन्छ ।

                                                              Incident 8
आँधी  प्रकोप र  डुंगा दुर्घटना

अक्टोबरको दोस्रो साता दक्षिण भारतमा 'हुदहुद' आँधीको प्रकोप, नोभेम्बरको तेस्रो साता माडागास्करमा प्लेगले ४० को मृत्यु र अप्रिलको तेस्रो साता २ सयभन्दा बढीको ज्यान गएको डुंगा दुर्घटना प्रकरणमा दक्षिण कोरियामा प्रधानमन्त्री परिवर्तन, राष्ट्रपतिद्वारा क्षमायाचना र डुंगा क्याप्टेनलाई ३६ वर्ष जेल सजाय लगायत बिर्सनै नसकिने प्रकरणहरू भए ।



 हुन त भ्रष्टाचार, हिंसा र आतंकवादी गतिविधिको वर्षभर वर्चस्व रह्यो । कहीं कम र कहीं बढी देखियो । यी सबले विश्वव्यापी चिन्तालाई बढायो ।

                                                              Incident 9
अमेरिका र क्युबा सम्बन्ध 






वर्षको अन्त्यतिर १७ डिसेम्बरमा ६ दशकभन्दा बढी समयदेखि कट्टर शत्रुको रूपमा रहेका अमेरिका र क्युबाबीच फेरि आर्थिक तथा कूटनीतिक सम्बन्ध स्थापित
हुन लागेको सुखद खबर पनि छायो ।


                                                             Incident 10
                                                      भारत काया पलट

केही रमाइला घटनाहरू पनि भए । अप्रिलको दोस्रो सातातिर गुजरातबाट उम्मेदवारी र्फम भर्दा भारतीय जनता पार्टी - (भाजपा) नेता नरेन्द्र मोदीले बिहे गरेको स्विकारे । उनको दलले अभूतपूर्व मत ल्याएर १० वर्षदेखि सत्तामा रजाइँ गरेेको काँग्रेसलाई पानीपानी पार्दै आफ्नो प्रभुत्व कायम गर्यो । १ सय ५७ वर्षअघि अमेरिकाको उत्तरी क्यारोलिनामा डुबेको एसएस सेन्ट्रल अमेरिकी पानी जहाजबाट मेको तेस्रो साता भारी परिमाणमा सुन भिकियो । सामाजिक सञ्जालमा समेत राजनीतिक हाबी रह्यो ।

                                                            Incident 11
                                                  रमाइला घटनाहरू


 बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले जुलाईको तेस्रो साता आधिकारिक ट्वीटर एकाउन्टमार्फत मन्त्रिमण्डलमा फेरबदलको घोषणा गरे । यही साता अमेरिकी राष्ट्रपति बाराक ओबामा र न्युयोर्कका मेयर माइकल ब्लुमबर्गलाई रिसिन' नामक विष मिश्रति पत्र पठाउने ३६ वर्षे अभिनेत्री स्यानन रिचार्डसनलाई १८ वर्ष जेल भयो ।

 नोभेम्बर दोस्रो साता यमनमा फेसबुकको सहयोगले सरकार गठनको प्रयास भयो ।

चीनको मातहतमा रहेको हङकङमा सन् २०१७ सम्म स्वतन्त्र निर्वाचनको मागका साथ दुई महिना आन्दोलन भयो । चीनले यसमा विदेशीको हस्तक्षेप भएको तर्क गर्दै आन्दोलनकारीको शिविर भत्कायो ।

फेब्रुअरीको तेस्रो साता भारतका चर्चित पत्रकार तरुण तेजपालविरुद्ध यौन दुव्र्यवहारको मुद्दा दर्ताले चर्चा पायो ।

 तर, जनवरीको अन्त्यतिर उत्तरी अफ्रिकी मुलुक ट्युनिसियामा ३ वर्षमै संविधान निर्माणले सबैलाई छोयो ।

त्यसपछि २३ नोभेम्बरमा ट्युनिसियामा पहिलो पटक राष्ट्रपति पदको निर्वाचन भयो ।अकल्पनीय विपत र 'कू' पनि भए । मेको पहिलो साता उत्तरपूर्वी अफगानिस्तानमा पहाड खसेर सयौं गाउँले पुरिए । यो वर्ष अन्य ठूला प्राकृतिक विपत पनि भए । जुलाईको अन्तिममा भारतको पश्चिम राज्य महाराष्ट्रको पुणेको दुर्गम मालिण गाउँ र अक्टोबरको अन्त्यमा मध्य श्रीलंकामा पहिरोबाट थुप्रै हताहत भए । सोही महिनाको तेस्रो साता अस्थिर राजनीति भएको थाइल्यान्डमा सैनिक कानुन लागू भयो ।

 त्यसैगरी, सेप्टेम्बरको तेस्रो साता स्कटल्यान्डको जनमत संग्रहमा स्वतन्त्रता विरोधीको जित भयो ।छिमेकी भारतले मंगलग्रहमा यान पठायो । 

१० डिसेम्बरमा बालअधिकारकर्मी कैलाश सत्यार्थी र पाकिस्तानकी बालिका शिक्षाकी पक्षधर मलाला युसुफजाई नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित भएको विषय चर्चित रह्यो । 

आफ्ना नेता किम जोङ ऊनको हत्या गरिएको काल्पनिक कथामा आधारित राजनीतिक कमेडी फिल्म 'द इन्टरभ्यु' लाई लिएर उत्तर कोरिया र अमेरिकाका राष्ट्रपति बाराक ओबामाबीचको आरोप प्रत्यारोपले राम्रै ठाउँ पायो । यो अझै जारी छ जुन अझै लामै समय चल्लाजस्तो छ ।
                                                              Incident १
                                               युक्रेन, इजिप्ट, इराक र सिरिया युध 

युक्रेन, इजिप्ट, इराक र सिरियामा जारी युद्धले पनि संसारलाई आक्रान्त बनाइराख्यो ।
                                                                Incident 13
                                                               रुस काण्ड 


 सन् २०१३ कै नोभेम्बरमा सुरु भएको युक्रेन संकट २०१४ मा झनै बढ्यो । यस क्रममा सयौंको ज्यान गयो । लाखौं विस्थापित भए । रुसीभाषी विद्रोहीले मार्चमा युक्रेनी प्रान्त क्रिमियालाई रुसमा गाभ्ने निर्णय गरेपछि र रुसले यसलाई समर्थन गरेपछि त्यहाँ झनै तनाव बढ्यो । पश्चिमा मुलुकबाट कडा आर्थिक प्रतिबन्धको सामना गरिरहेको रुस टाट पल्टने अवस्थामा छ ।
यही कारणले अमेरिकी कूटनीतिका कारण तेलको मूल्य घटेको घट्यै छ, जसको प्रभाव रुसी मुद्रा रुबलमा परेको छ । रुसले यो समस्याको सामना गर्न चीन र भारतसँग थुप्रै सहमति र सम्झौता गरे पनि उसको संकट टरेको छैन । अमेरिका र रुसमध्ये कसले घुँडा टेक्छ भन्न कठिन                                                       Incident 14


इजिप्टमा सेनाले निर्वाचित राष्ट्रपति मुहम्मद मोर्सीलाई पदमुक्त गरेको ११ महिनापछि पूर्व सेनाप्रमुख अब्देल फताह अल- सिसी राष्ट्रपति पदमा आसीन भए ।


                                      Incident 15

 सिरियाको अवस्था वर्षभर पनि दुखदै रह्यो । करिब चार वर्षको गृहयुद्धमा त्यहाँ दुई लाखभन्दा बढीको मृत्यु भयो । ज्यान गुमाउनेमा लडाकुबाहेक ६३ हजार ७४ सामान्य नागरिक र १० हजार ३ सय ७७ बालबालिका थिए । त्यहाँ निरकुंश सरकारविरुद्ध लड्नेमा ३७ हजार ३ सय २४ विद्रोही र २२ हजार ६ सय २४ विदेशी जिहादी रहेको खुलासा भयो । यो घटना युरोप र अमेरिकाजस्ता शक्तिशाली राष्ट्रका लागि चिन्ताको विषय बनेको छ किनकि त्यहाँका नागरिकहरू पनि यसमा सहभागी भएको पाइयो । 

प्रत्यक्ष र फेसबुकमार्फत सक्रिय त्यस्ता जिहादीविरुद्ध भारतसहित विश्वभरका सरकारले कारबाही गरिरहेको छ । विश्वभर कायम युद्ध, द्वन्द्व र हिंसाले बालबालिकालाई सबभन्दा बढी असर पारेको राष्ट्र संघीय बाल कोष (युनिसेफ) ले भनेको छ । लाखौं बालबालिका यो वर्ष सशस्त्र द्वन्द्व र रोगको निसाना बने ।

                                                               Incident 16
 इबोला भाइरस महामारीमा गिनी, लाइबेरिया र सियरालियोन लगायत मुलुकमा हजारौं बालबालिकाले अभिभावक गुमाएर बिचल्लीमा बाँचिरहेका छन् । 

                                                          Incident 17
                                                            बाल संसार 
झन्डै ५० लाख विद्यालय जानबाट वञ्चित भएको युनिसेफले औंल्याएको छ । जारी सशस्त्र द्वन्द्वले गर्दा संसारका २३ करोड बालबालिका प्रभावित छन् । यो अझ बढ्ने सम्भावना छ । युनिसेफको प्रतिवेदनमा मध्य अफ्रिकी गणतन्त्र, इराक, दक्षिण सुडान, प्यालेस्टाइन, सिरिया र युक्रेनमा जारी हिंसाबाट १ करोड ५० लाख बालबालिका प्रभावित भएको उल्लेख छ । उनीहरू विद्यालयमा पढिरहँदा, खेलिरहँदा वा सुतिरहँदा पनि मारिए । बालबालिकाहरू अपांग, टुहुरा, अपहरित, बलात्कृत र श्रमिक भएर बाँच्नुपरेको थुप्रै घटनाहरूको रिपोर्ट आएको उसले जनाएको छ । मध्य अफ्रिकी गणतन्त्रमा मात्रै २३ लाख बालबालिका द्वन्द्व प्रभावित भएका, १० हजारभन्दा बढी सशस्त्र विद्रोही समूहमा भर्ना भएका र ४ सय ३० भन्दा बढी बालबालिका हताहत भए । गत
वर्षको तुलनामा यो संख्या तीन गुणा बढी रहेको युनिसेफले जनाएको छ । 


समग्रमा २०१४ ले विश्वसामु थुप्रै चुनौतीहरू तेर्साएको देखियो ।

अन्ततः नयाँ वर्षको पूर्वसन्ध्यामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार अमेरिकी समकक्षी बाराक ओबामालाई नयाँ वर्ष २०१५ को शुभकामना दिनु शुभ संकेत हो । उनले विश्व शान्ति सुनिश्चित गर्ने दुई मुलुकको आपसी जिम्मेवारी भएको धारणा राखेका छन्। हाल युक्रेनी विद्रोहलाई लिएर अमेरिकी तथा रुसी सम्बन्ध संकटग्रस्त छ । पुटिनले आउँदो वर्ष दोस्रो विश्वयुद्ध अन्त्य भएको ७० वर्ष पुग्नु हिटलरवादको पूर्ण समापनको प्रमाण भएको बताए । ओबामाले पुटिनले क्रिमियालाई छिट्टै गाभेर विश्वलाई मूर्ख बनाएको ठाने पनि वास्तवमा उनी कमजोर भएको दाबी गरेका थिए । जसका कारण रुसी अर्थतन्त्रले कठोर प्रतिबन्धको सामना गर्नुपरेको ओबामाले औंल्याएका थिए । जे होस् यी सब विगत भए ।पुटिनको नयाँ पहलले २०१५ ले शान्ति ल्याओस् ।



No comments:

Post a Comment

Ordered List