Saturday, March 7, 2015

नेपालसहित १ सय देशमा सित्तैमा इन्टरनेट बाँड्ने फेसबुकको तयारी

गरिवलाई इन्टरनेट बाँड्न फेसबुक र गुगलको प्रतिस्पर्धा
काठमाण्डौं । बिश्वको नम्बर एक सोसल
मिडिया फेसबुकले झण्डै एक सय मुलुकका गरिव
जनतालाई सित्तैमा इन्टरनेट सेवा दिने
तयारी गरिरहेको छ ।
फेसबुकको अगुवाईमा सुरु भइरहेको इन्टरनेट डट
ओआरजी अभियान अन्र्तगत यसै बर्षभित्र एक सय
वटा मुलुकका जनतालाई सित्तैमा मोबाइल इन्टरनेट
उपलब्ध गराउने तयारी भइरहेको फेसबुकले जनाएको छ ।
हालै संचारकर्मीसँग कुरा गर्दै इन्टरनेट डट
ओआरजीका उपाध्यक्ष क्रिस ड्यानियल्सले
अभियान निकै आक्रामक तरिकाले अगाडी बढ्न
लागेको जानकारी दिए ।
‘यो महत्वकांक्षी योजना यो बर्ष तिब्र
रुपमा विस्तार हुनेछ, बर्षको अन्त्यसम्म कम्तीमा एक
सय मुलुकमा यस्तो सेवा सुरु गर्ने र्छौं’ ड्यानियलले भने

हाल फेसबुकले परिक्षणका रुपमा भारत, जाम्बिया,
तान्जानिया, केन्या, घाना र
कोलम्बियामा त्यहाँका मोबाइल
सेवा प्रदायकहरुसँग मिलेर इन्टरनेटसँग
नजोडिएका जनतालाई सित्तैमा इन्टरनेट
बाँडिरहेको छ ।
यो परिक्षणबाट उत्साहित फेसबुकले सन् २०१५
को अन्तयसम्ममा करिव एक सय
मुलुकमा यो सेवा बिस्तार गर्ने
तयारी गरिरहेको ड्यानिलले जानकारी दिए ।
यी ६ वटा मुलुकमा फेसबुकले मोबाइल सेवा प्रदायसँग
मिलेर करिव ७० लाख मानिसलाई सित्तैमा इन्टरनेट
दिइरहेको छ । जसमार्फत् प्रयोगकर्ताहरुले फेसबुकसहित
स्वास्थ्य, रोजगारी, स्थानीय
सूचना लागयतका निश्चित एप बिना पैसा चलाउन
सक्छन् ।
यसले फेसबुकका प्रयोगकर्ता त बढाएको छ नै ग्रामिण
भेगका गरिव जनताले इन्टरनेटसँग जोडिएर धेरै
सुबिधा पाएका छन् । यस्तो सुबिधाका कारण
मोबाइल सेवा प्रदायकको समेत ब्यापार बढेको छ,
डाटा प्रयोगकर्ताको संख्या ह्वात्तै बृद्धि भएको छ
। zuckerberg
सन् २०१३ मा फेसबुकको अगुवाईमा सुरु
भएको यो अभियानले बिकाशोन्मुख मुलुकका इन्टरनेट
पहुँचमा नभएका नयाँ प्रयोगकर्तालाई
सित्तैमा इन्टरनेट दिन्छ । मोबाइल
सेवा प्रदायकसँगको सहकार्यमा विकिपेडिया,
फेसबुक, केही स्वास्थ्य र उपयोगी सूचना सम्बन्धी एप्स
खोल्दा पैसा नलाग्ने बनाइएको छ ।
ड्यानियलका अनुसार बजारको आकार
भन्दा पनि इन्टरनेटसँग नजोडिएका बहुसंख्यक
जनतासम्म पुग्ने गरी देशहरुको छनौट गरिएको छ ।
यस्तो अभियान ती देशमा सुरु हुने र त्यसले
सफलता पाउने कुरा ती देशका मोबाइल
सेवा प्रदायकको अग्रसरतामा पनि भर गर्ने उनले बताए

यसै हप्ता बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड
कंग्रेसमा सहभागी हुन
पुगेका फेसबुकका कार्यकारी अधिकृत मार्क
जुकरवर्गले इन्टरनेटसँग नजोडिएका बिश्वका दुईतिहाई
जनसंख्यासम्म पुग्नका लागि अन्य अभियान
पनि संचालन गर्न लागिएको बताएका थिए ।
यसका लागि ड्रोन र स्याटेलाइटमा समेत लगानी गर्न
लागिएको उनले जानकारी दिए ।
फेसबुकका अनुसार बिश्वका अफलाइन जनतामध्ये
करिव ९० प्रतिशत बिकाशोन्मुख मुलुकमा बसोबास
गर्छन् । झण्डै ६ अर्ब जनसंख्यामध्ये करिव साढे ४
अर्बसँग अझै पनि इन्टरनेट पहुँच पुग्न नसकेको फेसबुकले
जनाएको छ ।
बिकाशोन्मुख मुलुकका नयाँ ग्राहकलाई इन्टरनेटसम्म
आर्कषिर्त गर्ने तयारीमा गुगल पनि लागिरहेको छ ।
उसले पनि यस्तै खाले अभियानमार्फत् बिकाशोन्मुख
मुलुकका पहिलोपटक स्र्माटफोन प्रयोग गर्नेहरुलाई
लक्षित गरिरहेको छ । गुगलले हालै उत्पादन
गरेको एन्ड्रोइड वान स्मार्टफोनको बजार
विस्तारका लागि गुगलले यस्तो अभियान सुरु गर्दै छ ।
नेपालमा निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक
एनसेलले विकिपेडिया, ट्वीटर लगायतका केही साइट
सित्तैमा खोल्न सकिने सेवा सुरु गरेको छ ।
फेसबुकका लागि सस्तो मूल्यको प्याकेज उपलब्ध भए
पनि अहिलेसम्म सित्तैमा प्रयोग गर्न पाउने
सुबिधा भने छ्रैन् ।
इन्टरनेट डट ओरजीका उपाध्यक्ष
ड्यानियलको भनाईलाई मान्ने हो सन् २०१५
को अन्त्यसम्ममा नेपालमा पनि सित्तैमा फेसबुक
चलाउने सुबिधा सुरु हुन सक्छ । उनले भनेझैं
यस्तो सुबिधा कहिले सुरु हुने भन्ने कुरा एनसेल लगायत
यहाँका टेलिफोन
सेवा प्रदायकको अग्रसरतामा निर्भर रहने छ ।

No comments:

Post a Comment

Ordered List