Sunday, February 15, 2015

रमाइला र घतलाग्दा नेपाली गाउखाने कथा - उत्तर सहिद


  • १ बाबु एउटै भए पनि पाँच भाई छोरा ति पाँचको घर पाँच तर एक द्वार - के हो ?

  •  प्राए जसो सबै पाल्छन काटी खान हुन्न नयाँ मानिस कोही आए सिधै पस्न दिन्न - के हो ?

  • ३ उसले बोल्दा सबै सुती सुती सुन्छन कुरा सबै बुझ्न सके मानिस ज्ञानी हुन्छन - के हो ?

  • ४ भुँडी भरी झोल हाली अनी हावा भर्छन मुखबाट बान्ता आए सलाई कोरी झोस्छन - के हो ?

  • ५ प्राए हुन्छ जङलमा घर द्वार छैन एकै छिन चुप लागि बस्ने पनि होइन - के हो ?

  • ६ हात खुट्टा केही छैन जता सुकै जान्छ बोल्ने मुख नभए पनि गोप्य कुरा खोल्छ - के हो ?

  • ७ जती धेरै भए पनि धेरै कहिले हुन्न त्यसको लोभले मानिसलाई कहिले छोड्ने छैन के हो ?

  • ८ मन चोर्ने मायालु ति राती राती आउछिन उज्यालो हुन नपाउदै कुन्नी कता जान्छिन के हो ?

  • ९ कम्मर कसी काम गर्ने हाम्री घरकी नानी जति पछि हुँदै गयो उति हुन्छिन सानी - के हो ?

  • १० सानो सानो ओडारमा सेता भेडा बाख्रा पाको उमेर भए पछि लाग्छन एत्र तत्र - के हो ?

  • (उत्तर: १ - हत्केला , २ - कुकुर , ३ - रेडियो , ४ - स्टोभ बालेको , ५ - बाँदर , ६ - चिठ्ठी , ७ - धन सम्पत्ति , ८ - सपना , ९ - कुचो , १० - दात )

1 comment:

  1. Web Servic-E: रमाइला र घतलाग्दा नेपाली गाउखाने कथा - उत्तर सहिद >>>>> Download Now

    >>>>> Download Full

    Web Servic-E: रमाइला र घतलाग्दा नेपाली गाउखाने कथा - उत्तर सहिद >>>>> Download LINK

    >>>>> Download Now

    Web Servic-E: रमाइला र घतलाग्दा नेपाली गाउखाने कथा - उत्तर सहिद >>>>> Download Full

    >>>>> Download LINK ld

    ReplyDelete

Ordered List